म २०१६ अगष्ट २७ मा औषधिय रसायन विज्ञानमा स्नातकोत्तर पढ्न कोरिया आय | त्यही समयमा सोनसिकले ग्वान्जु सहरमा नया विद्यार्थीहरूका लागी कोरियाको बसाई बारे अभिमुखीकरण कार्यक्रम राखेको थियो | मित्र टोकिंग जी ले मलाई पनि सहभागी हुन लैजानुभो | दिवेश झा जी त्यो क्षेत्रको उपसभापति हुन्थ्यो भने आराजना श्रेष्ठ जी सभापति हुन्थ्यो | त्यही बेला सोनसिक सँग जोडिन पुगे | नेपालमा हुँदा पनि निरन्तर घुमी रहने बानी, सामाजिक कार्यको सक्रियताले सोनसिक मार्फत नेपाली सँग जोडिन पाउनुमा आकर्षण नहुने कुरा भएन | कार्यसमितिमा नभए पनि निरन्तर सोनसिकका गतिविधिमा जाने तथा सक्दो सहयोग गर्ने निरन्तर रहयो |
२०१७ मा थेगु सहरमा सोनसिकको साधारण सभा हुने तय भय सँगै नया समितिमा को बस्ने? भन्ने कुरा सुरु भयो | इक्सान भन्ने सहरमा रहेका हामीहरूले पनि सहभागिता हुने चर्चा चलायौ | म पनि सचिवमा बस्ने मन थियो तर प्रकाश पाण्डे जी ले बढी इक्षा राख्नु भो र म पछि सरे र उहाँ लाई सहयोग गर्न लाग्यौ | जस बेला प्रकाश देवकोटा जी र म बीच निकै विषयमा कुरा हुन्थे | हामी दुबै जना समितिमा नभय पनि राम्रो सहयोग गर्नु पर्छ भन्यौ र निरन्तर त्यही अनुसार लाग्यौ पनि | सभापतिमा विजय बस्नेत जी आउनु भो उहाँ लाई मैले यौटा अनुरोध निरन्तर गरेको थिए, कोरियामा भयका अनुभवी अग्रज नेपाली सँग विभिन्न विषयमा सम्वाद गरि जानकारी मूलक भिडिओ बनाउने | त्यो कार्यसमितिले केही प्रयास पनि गर्यो | त्यो समितिमा प्राय कार्यक्रम सचिवले चलाउने हो भन्ने हुन्थ्यो र त्यसैमा विवाद हुन्थ्यो | सचिव बाहेक अरूले कार्यक्रम संचालन अनुभव तथा सिकाई गर्न पाएनन् कि जस्तो लाग्छ | जुन कुराका लागी म थेगुमा भयको साधारण सभामा चर्को स्वरले बोलेको थिए (२०१७) आखिर फेरी त्यही भो | संस्था केवल काम गर्न लाई होइन, सबैले आफ्नो व्यक्तित्व विकाश गर्न पाउनु पर्छ लाग्थ्यो मलाई र अहिले पनि | जसले गर्दा म सचिव हुदा होस् या यो पटक सभापति हुदा हामी ले नया अनुहार लाई पहिलो प्राथमिकता दियौ | समितिमा भयका सबै ले पनि केही न केही दायित्व निर्वहन गर्न पाए |
सोनसिकमा सचिवको दायित्व निर्वहन
२०१८ मा इछन सहरमा १५ औ साधारण सभा तय भय सँगै फेरी नया समिति कस्तो बन्ने चर्चा सुरु भो | म भर्खर विवाह गरि कोरिया आयको थिए र कोरिया वि.वि मा पीएचडी गर्ने तय भयको थियो | मेरो सचिव हुने इक्षा र अर्को कार्यकालमा सभापति भएर नेपालीको सेवामा समर्पित हुँदै सिक्ने इक्षा थियो तर पहिलो पटक सचिव हुन नसक्ने भए संगै पछि इक्षा रहेन | मेरो मनमा कतै फेरी प्रयास गरुँला भन्ने थिएन | फेरी प्रकाश पाण्डे जी ले अघिल्लो पटक मैले गर्दा सचिव हुन पाउनु भएन कृपया यो पटक उठनुस् हामी सबै सहमत छौं भन्नु भो | त्यहाँ भयका सबै नेपालीले उठ्न पर्छ भने पछि रातभरि सोचे र केही सोनसिकका पुराना अग्रज सँग सल्लाह लिए र सबै बाट राम्रो प्रतिक्रिया पाएपछि आफ्नो उमेदवारी रहेन फेसबुक मार्फत जानकारी गराए | पछि रमेश परियार जी लाई पनि सभापतिमा उठ्न मन लाग्यो | सभापतिका अर्का उमेदबार तुलसी जी लाई केही साथीहरूले दीर्घ सँग काम गर्न गारो हुन्छ भनेछन् |
उता प्रकाश देवकोटा जी उपसभापतिमा आउने कुरा भो र उहाको इक्षा पनि हुँदा सँगै काम गर्ने तय भयो | तर सोनसिकको विधानले एउटै वि.वि बाट २ जना पदाधिकारी उठ्न नपाउने हुँदा एकजना बस्नु पर्ने भो (रमेश जी सभापतिमा आउन खोजेकाले) | मैले प्रकाश देवकोटा जी लाई सदस्य भय पनि बन्नु सँगै काम गरौं भने, पछि रमेश जी सभापतिको दौड बाट बाहिरिनु भो र तुलसी जी सभापति सँगै प्रकाश जी उपसभापतिमा आउनु भो र हामीले सक्ने जति कार्य गर्यौ | तुलसी जी को सरल स्वभावले सबै लाई समेट्ने प्रयास भो | नेपाली सँघ संस्था सँग पनि अन्तरक्रिया गर्यौ | सबै विदेशी विद्यार्थी संघ संस्था लाई अधिकारीक सहकार्यका लागी पत्र पठायौ | हरेक वि.वि मा सोनसिकको संयोजक तोकी उहाहरु लाई नियुक्ति पत्र सँगै ५ जना को समिति बनाई कार्य गर्न भन्यौ | जेजु मा रहेको जेजु हल्ला वि.वि मा रहेका सयौं विद्यार्थीको विदेशी प्रमाण पत्र तथा राहदानी क्याम्पसले राखेको खबर आयो, पछि समितिमा छलफल गरि मैले वि.वि, शिक्षा मन्त्रालय, अन्तर्राष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान (NIIED) तथा नेपाली राजदुताबास लाई पत्र लेखे र समस्या समाधान भो, हरेक विद्यार्थीको आवासमै विदेशी प्रमाण पत्र तथा राहदानी पुग्यो |
नया बच्चा जन्मियो भने राहदानी बनाउन दूतावासमा नै बच्चा देखाउनका लागी लैजानु पर्ने प्रावधान हटाउन अनुरोध गर्यौ | त्यो बेला तारामान र आराजना जी ले यौटा अध्ययन पत्र पनि पठाउनु भयको थियो | जे होस् दूतावासले यो प्रावधान हटायो र अहिले धेरै लाई सहज भयको छ | यस्ता थुप्रै समस्या समाधानमा लागी रह्यौ |
त्यही समयमा विदेशी विद्यार्थीहरुले अनिवार्य राष्ट्रिय स्वास्थ्य बिमा बनाउनु पर्ने र पूर्ण सुल्क लाग्ने कुरा आयो | जुन कुरा तत्काल लागू नगर्दिन राष्ट्रिय स्वास्थ्य बिमा संस्थान तथा स्वास्थ्य मन्त्रालय लाई पत्र लेख्यौ र अरू विदेशी विद्यार्थीको पनि निरन्तर खबरदारीले त्यो लागू अलि पर सर्यो | शैक्षिक सेमिनार, खेलकुद, मन्दिर बसाई, सांस्कृतिक कार्यक्रम, देउसीभैलो, कोरिया बसाईमा काम लाग्ने जानकारीमुलक पुस्तक तथा अन्य विविध कार्य बाट धेरै लाई जोड्ने प्रयत्न गर्यौ | यो कार्यकालको सुरुका दिनमा खर्च गर्न पैसा थिएन | सुरुका दिनमा कार्यसमितिका साथीहरूले नै उठाएर कार्यक्रमको व्यवस्था मिलायौ र पछि श्रोत बनाउँदै गयौ |
सचिवको दायित्व निर्वहन गरिरहदा अर्को मोड
जीवन यात्राले अर्को मोड लियो | कोरिया वि.वि मा पीएचडी सुरु गरेको ५ महिनामै मेरो प्रोफेसरले जागिर छोड्नु भो | मैले अर्को ठाउँ खोज्नु पर्ने भो | तुलसी जी लाई मैले फोन गरि आफ्नो अवस्था जानकारी गराए | मेरो विद्यार्थीको भिसा नरहन पनि सक्ने हुँदा मैल सचिव बाट नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त ठाने तर तुल्सी जी ले तत्काल त्यसो नगर्नू भन्नु भो | पछि म यन्से वि.वि आए र विद्यार्थीको भिसामै निरन्तर रह्यो | छोटो समयमा ३ वि.वि को घुमाई र सोनसिकको कार्य निकै यादगार छ |
पछि २०१९ मा प्रकाश जी सभापति हुनु भो | त्यस पछि राजाराम जी, दुबै जनाले संस्थालाई आर्थिक रूपमा सबल बनाउन सक्दो प्रयत्न गर्नु भो | म भने आफ्नो पारिवारिक जीवनमा व्यस्त भय | दैनिक ३ घण्टा क्याम्पस जान आउन यात्रा गर्नु पर्ने, श्रीमती जी को स्वास्थ्य पनि अलि त्यस्तै, त्यही बेला छोरीको जन्म भो | त्यसैले सोनसिकमा फेरी दायित्व लिएर आउने कुरा थिएन तर भ्याए सम्म हरेक कार्यक्रममा सहभागी हुन्थे |
अनपेक्षित सभापतिको दायित्व
अचम्मको अनपेक्षित दायित्व लीन पुगे | २०२१ मा १८औ साधारण सभा हुँदै थियो | सबै समिति राम्रो सँग बन्यो तर लगभग चयन भइसकेको सभापतिको उमेदवारले नै आफू नबस्ने भने | अब सबै सहभागीले उनलाई सम्झाउन लाग्नु भो तर उनि तयार भएनन् | पछि सबै सहभागी तथा अग्रजहरूले मलाई सभापति भई दिनु पर्यो भन्नु भो | चारै तिर बाट मेसेज आउन थाल्यो | सबैको यो विनम्रता र मैले केहिँ गर्न सक्छु भन्ने भावनामा ठेस लगाउनु राम्रो हुन्न भन्ने एक तिर थियो त अर्का तिर फेरी श्रीमती जी गर्भवती हुनुहुन्थो | उता अनुसन्धानमा झन् व्यस्त थिए |
केही छिनको अलमल र सोचाई पछि श्रीमती जी बाट अनुमति लिएर सभापतिमा उमेदवारी दिए र रक्षाबन्धनको दिन सपथ सहित काम प्रारम्भ गर्यौ | म आफूले कसै लाई ‘त’ या ‘तिमि’ भनि बोल्दिन, सबै लाई उतिकै समान देख्छु र सबै लाई तपाई, जी, हजुर भनि बोल्छु यसले गर्दा सबैले खुलेर कुरा राख्ने र आफूले पनि धेरै सिक्न पाए जस्तो लाग्छ | यही कारण र निःस्वार्थ भावना भएर होला सर्व सम्मतिमा सबै काम गर्यौ | यो एक वर्षमा कुनै कार्यक्रम निर्धारित समय भन्दा ढिलो सुरु भयो वा कतै मिटिंगमा विवाद भयो भन्ने सम्झना छैन | यो सबैको सम्मान मेरो नेतृत्वको कार्यसमिति लाई दिन चाहन्छु | त्यही भएर त हामी सोनसिक कै इतिहासमा हरेक हप्ता पनि कार्यक्रम गर्न सकिन्छ भन्ने प्रमाणित गर्यौ |
कोरोनाको बढ्दो प्रकोप, क्याम्पसको अनुसन्धानको चाप, हरेक हप्ता सोनसिकका गतिविधि, झन् त्यसै माथि गर्भवती श्रीमतीको हेरचाह | सुरुका धेरै कम दिन होलान् जुन दिन ३ घण्टा सुत्न पाए हुला | कम्तीमा ६-७ घण्टा सुत्ने म जस्ताका लागी आफैमा एक नया प्रयोग थियो | र मैले ३-४ घण्टा सुतेर पनि उत्तिकै काम गर्न सकिन्छ भन्ने आफ्नो जीवन मै प्रमाणित गरे | यो मेरा लागी राम्रो सिकाई थियो | गर्भमा रहेको बच्चा ६ महिना पछिनै बाहिर निस्किन खोज्न थाल्यो | हाम्रा लागी यो आफैमा ठूलो समस्या थियो | निरन्तर अस्पताल बस्नु पर्ने भयो | अझै टाउको अलि तल र खट्टा माथि हुने गरि सुत्ने गर्दा श्रीमती जी ले भोगेको त्यो दु:ख अझै ताजै छ र समझदा पनि शृङ्ग हुन्छ |
यो कुरा कार्यसमितिका साथीहरूलाई भनेर पनि केही हुने लागेन र आफूले सक्ने गर्नु पर्छ लाग्यो र हरेक हप्ता गर्ने कार्यक्रम लाई निरन्तर गरियो | ५ हप्ता सम्मका कार्यक्रम अस्पतालको बेड बाटै चलाए | डाक्टर आउँदा भिडिओ अफ गर्दै कार्यक्रम त्यही अस्पताल बाट चलाए | गर्यो भने हुन्छ र सकिन्छ, सामाजिक कार्य ईश्वरीय कार्य हो यसमा अदृश्य शक्तिको पनि सहयोग हुन्छ जस्तो लाग्छ मलाई | कार्यक्रम सफल बनाउन अरू साथीहरू सँगै सह-सचिव मनीष जी धेरै लग्नु भो | उहाँ बाट मैल पनि अलि अलि वेबसाइट चलाउन सिके |
भगवान श्री कृष्णले गीतामा अर्जुन लाई गोपनीय भन्दा गोपनीय ज्ञान बताए र अन्तमा आएर यसो भने
इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया |
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु || BG 18.63||
अर्थात्: यसरी मैले तिमीलाई सबै रहस्यभन्दा पनि गोप्य तथा गुहिय ज्ञानको व्याख्या गरे, जुन सबै रहस्यभन्दा पनि गोप्य छ। यसलाई गहिरो रूपमा सोच्नु, र त्यसपछि आफूलाई जे इच्छा लाग्छ त्यही गर्नु |
मैल पनि यहाँ केही निर्देशन या यसै हुन पर्छ भन्नु छैन | आफ्ना सिकाई र भोगाई राख्नका लागी यो मंचको उपयोग गरेकोहु | सबैलाई जोड्न छ भने विनम्रता जरुरी छ भन्ने कुरा ख्याल राख्दै हामीले (सोनसिक १८ औ कार्यसमितिले) एक संकल्प लियौ:
“हामी सबैको आशा, सोनसिक सबैको साझा”
“सोनसिकमा सबैको आबद्धता, विनम्रताको झुकाव हाम्रो प्रतिबद्धता”
यस लाई सार्थक बनाउन हामीले सोनसिक ‘साझा मंच’ को सुरुवात गर्यौ | हरेक हप्ता अनलाइन गर्ने र पछि सम्म पनि हेर्ने सक्ने गरी फेसबुक लाईभ तथा सोनसिकको युटुवमा राख्ने गर्यौ | यो लेख तयार पर्दा सम्म हामीले ४९ शृंखला सम्पन्न गर्यौ | विभिन्न बिश्वोबिद्यालयका उपकुलपतिहरु, अनुसन्धान निर्देशकहरु तथा प्राधापकहरु, निजी स्तर बाट संचालनमा रहेका अनुसन्धान केन्द्रका प्रमुखहरूलाई जोड्न पायौ | कोरोनाको महामारीको सक्ने जति भरपूर उपयोग गर्यौ | सम्झदा निकै गर्व लाग्छ | काम गर्दाको थकान भन्दा सम्पन्नता पछिको सन्तोषको सक्ति धेरै हुन्छ |
पहिलो बैठकमै मैले स्वक्षिक प्रस्ताव राखे: आफूले हरेक महिना ३० हजार वोन सोनसिकको खातामा जम्मा गर्ने जसमध्येको २ लाख ५० हजार वोन एकमुस्ट जम्मा गरे | अरू कार्यसमितिका साथीहरूले पनि सक्ने जति जम्मा गर्नु भो | सुन्दर जी ले पनि त्यहि हाराहारी दान गर्नु भो | तन-मन र धन सहित सामाजिक कर्ममा सबै लाग्न सके विश्वका धेरै समस्या आफै समाधान हुन्छन् | सामाजिक संस्थामा लागेर भ्रष्टाचार गर्नु जस्तो अपराध अरू के होला ?
हामीले गर्ने कार्य बारे आम विद्यार्थीको तथा अरू अग्रजहरूको सुझाव सल्लाह के छ भनि हरेक २ महिनामा अनलाइन सुझाव संकलन गर्ने परिपाटी बसाल्यौ |
सोनसिकमा विभिन्न दायित्व निर्वहन गरि सकेकाहरुलाई जोड्न तथा भोलि कोरियामा भएकाहरु अरू कुनै देश जाँदा सहज होला भनेर हामीले ‘सोनसिक अन्तरराष्ट्रिय समन्वय समिति’ निर्माण गर्यौ |
सँगै हाम्रो वेबसाइटमा विज्ञहरूको डाटा राख्ने सोच्यौ र जुन अहिले हाम्रो वेबसाइटमा जति बेला पनि उपलब्ध छ |
सोनसिक साझा मंचमा सक्दो धेरै नौजवान युवा लाई स्थान दिने सोची उनीहरूको जीवन यात्रा सहितको अनुसन्धान राख्न पाउने व्यवस्था मिलायौ र सुरु गर्यौ | कोरियामा रहेका १०० बढी Posdoc, professor लगाएत लाई निरन्तर जोड्न तथा सुझाव लीन एक अलग ग्रुप बनायौ | आगामी सभापति लाई त्यो ग्रुपमा राखेर म निस्कने छु |
कुनै पनि देशको विकासको आधार भनेको त्यस देशको शैक्षिक विकाश र त्यस सँग जोडिएको देश हित अनुकूलको अनुसंधान हो | सबैले ‘एक संकल्प राष्ट्रका लागी’ लिउ। आफ्नो धर्म , संस्कृति , परम्परा, रीतिरिवाज , मूल्य- मान्यता र आफ्नो देश सँग सम्बन्धित जति पनि कुराहरू छन् , यी कुराहरू भनेको विश्वको जुन सुकै कुनामा गए पनि भुल्न नसकिने कुराहरू रहेछन् l झन् त्यसमाथी अरूको ठाउँमा आएर आफ्नो पहिचान र चिनारी झल्काउने सांस्कृतिक, धार्मिक एवं भौगोलिक कुराहरूको प्रचार-प्रसार गर्न पाउँदा , हाम्रो मनमा विशेष कर्जा थपिन्छ l दक्षिण-कोरियाको Gwangju सहर स्थित Asian Culture Center (ACC )मा , Gwangju International center (GIC) द्वारा आयोजना गरिएको , Asian Culture festival मा हामीले पनि नेपाली मौलिक कला र संस्कृति झल्काउने गरि एउटा बुथ संचालन गर्यौ l
एसिया महादेश अन्तर्गत पर्ने विभिन्न देशहरूका आफ्ना आफ्ना मौलिक कला र संस्कृति प्रदर्शन गर्ने र एक- आपसमा सद्भाव कायम राख्ने उदेश्यले संचालित उक्त कार्यक्रममा , नेपालले पनि आफ्नो निकै राम्रो छाप छोड्न सफल रह्यो l एसियाली मुलुक र साथ साथै कोरियामा बसोबास गरिरहेका अन्य मुलुकहरूका मानिस सामु सगरमाथाको देश , बुद्ध जन्मेको भूमि अनि साथ साथै कला र संस्कृतिको खानी भनेर नेपाललाई चिनाउन अलिकति भएपनि सफल भएको महसुस भएको छ l प्राय सबै आगन्तुकहरूले, नेपाली मौलिक सामग्रीहरूले सुसज्जित बुथ निकै नै उत्कृष्ट रहेको प्रतिक्रिया दिँदा, हाम्रो छाती गर्वले फुलेको थियो l विगतका कार्यसमितिले पनि यस्ता कार्य निरन्तर गर्दै आउनु भयको थियो | आगामी दिनका समितिले झन् सशक्तताका साथ गर्ने छन् भन्ने विश्वास लाग्छ |
मन्दिर बसाई तथा पार्क भ्रमण
२०२१ अक्टोबर २३ र २४ का दिन सोनसिकको आयोजनामा Daewonsa Temple मा आयोजित दशै, तिहार र छठलाई लक्षित गरि गरिएको गुम्बा बसाई, नेपाली भोजन, परिचय तथा अन्तरक्रिया, म्युजियम अवलोकन, औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू (विविध खेलकुद, क्यामफायर लगाएत) तथा दोस्रो दिन Mudeusan National Park भ्रमण सम्पन्न गरियो | Daewonsa Temple का प्रमुख Huyn Jang 스님 तथा विविध सम्योजनमा सहयोग पुर्याउने प्राधापक Mukul Basu, र सम्पूर्ण सहजतामा अहम भूमिका निभाउनु हुने Pema Lama तथा अन्य अग्रज, सल्लाहकार सबैमा धेरै आभारी छु । सुरुवाती तयारी देखि सबै सम्योजन गर्ने Rajaram Shrestha र Saugat Shiwakoti जी लाई विषेश आभार। सहयोगी Gwangju International Center (GIC) र Universal Cultural Center (UCC) लाई धन्यवाद। दोस्रो दिनको दिवा भोजनको व्यवस्था मिलाई दिएकोमा Mrs. Young Soon Koh (लक्ष्मी दिदि) र Rudra Sharma ज्यूलाई पनि विषेश आभार। लक्ष्मी दीदी ले हरेक महिना सोनसिक लाई १ लाख वोन पठाउनु हुन्छ | यस्ता परोपकारी मनहरू कहिल्यै टुट्न दिन हुँदैन | सफा मन ले सक्दो काम आगामी दिनमा पनि साथीहरूले गरुन् |
थेजनमा फुटसल-२०२१
अक्टोबर ३१, आइतवारका दिन सोनसिकले थेजनमा फुटसल-२०२१ आयोजना गर्यौ । कोरोनाको प्रभाव रहेकोले निकै धेरै सहभागीता गराउने ईच्छा हुदा हुदै पनि जम्मा ६ वटा टिम मात्रै सहभागी गराउन सकियो | खेलाडीहरूलाई सुहाउँदो बिहानीको पोसिलो नास्ता तथा नेपाली स्वादको दिवा भोजनको व्यवस्था मिलाएका थियौ । पुरस्कारको रासी बढाएर प्रथम हुनेलाई नगद पाँच चलाख कोरियन वन, ट्रफि, मेडल र प्रमाण पत्र दिएका थियौ । त्यसैगरी उपविजेतालाई नगद तिन लाख कोरियन वन, ट्रफि, मेडल र प्रमाण पत्र दिएका थियौ। थप, उत्कृष्ठ खेलाडिलाई १ लाख वन, उत्कृष्ट गोल किपरलाई १ लाख वन र फाईनल खेलको उत्फृष्ठलाई ५० हजार वन दिएका थियौ | यो कार्य मा बिसेस लाग्ने नबिन जी, सूरेन्द्र जी, ठाकुर गुरु, र बिरेन्द्र जी लाई धेरै आभार सहित सम्झन चाहन्छु |
थेगुमा खेलकुद महोत्सब-२०२२
सातौं खेलकुद महोत्सव तथा नव आगन्तुक विधार्थिको स्वागत तथा १७औ कार्यसमितिको बिदाई कार्यक्रम जून १८ र १९ तारिख याङनम युनिभर्सिटीमा सफलतापूर्वक सम्पन्न गर्यौ । उक्त मेलामा फुटसल, भलिबल, कबर्दी, स्किप्पिंग तथा ब्याटमिन्टन् खेलहरु खेलाइएका थियौ । कबर्दी खेलमा साथीहरूको उत्साह अहिले पनि झलझली याद आउँछ | खेलकुद सम्योजक सूरेन्द्र जी, नबिन जी लगायत साथीहरू कार्यक्रम सफल बनाउन निकै लाग्नु भो |
नेपालमा शैक्षिक सामग्री सहयोग
सामाजिक उत्तरदायित्वको विनम्र प्रयास अन्तर्गत हामीले नेपालको सक्दो धेरै ठाउँमा शैक्षिक सामग्री दिँदा निकै सहयोग पुग्ने विद्यालयका छात्र-छात्राहरूलाई सहयोग गर्यौ | श्री मुक्ति मा.वि., रातामाटा, प्यूठानमा २०२१ मंसिर २५ गते शनिवारका दिन एउटा कार्यक्रम गरि शैक्षिक सामग्री १६ जना विधार्थिहरुलाई बलियो झोला र स्टेटनेरी सामग्रीहरू हस्तान्तरण गरियो । यो कार्यक्रमको सुरु देखि व्यवस्थापनमा सोनसिकका पूर्व उप-सभापति Mr. Rajendra Acharya जीले भूमिका निर्वहन गर्नु भएको थियो भने स्थानीय स्तरमा शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका टाढा हुन नपरोस् भन्ने मर्म सहित कार्य गरिरहेको Dream 100 को टिमले संयोजन गरेको थियो।
त्यसै गरि सोनसिक द्धवारा कैलारी गाउपालीका, कैलालीका ३ विधालयमा शैक्षिक सामग्री सहयोग गर्यौ | “हामी सक्षम नारी” को स्थानिय ब्यवस्थापकिए सहयोगमा श्री जनकल्याण माध्यामिक विधालय, कालीमाई आधारभुत विधालय, र रामजानकि प्राथमिक विधालयका जम्मा ३५ जना जेहेन्दार, आपांगता भएका, आर्थीक रुपले विपन्न, छात्र-छात्राहरुको अनुपात, तथा सबैकुराहरु ध्यानमा राखि बलीयो झोला, कपीहरु, कलमहरु, मास्क लगाएत सामग्री सहयोग गर्यौ । “हामी सक्षम नारी” कि अध्यक्ष सरस्वती जी ले निकै सहयोग गर्नुभो | उहाकै सहयोगमा कर्णाली प्रदेश पश्चिम रुकुमको त्रिभुवन जनता उच्च माध्यमिक विधालयका १५ जना बिद्यार्थीहरु, र स्वहि नजिकको अर्को विद्यालयका १५ जना बिद्यार्थीहरुलाई सहयोग गर्यौ |
उता गुल्मीमा श्री भगवती युवा क्लबको स्थानिय ब्यवस्थापकिए सहयोगमा धुर्कोट -३ हाडहाडेमा श्री न्यूखर्क माध्यमिक बिधालयका १२ जना विधार्थीहरु, श्री जनज्योती आधारभुत बिधालयका १२ जना विधार्थीहरु लाई, धुर्कोट -हाडहाडे ८ अवुआ, गुल्मीको श्री भगवती प्राथमिक बिद्यालयका १० जना विधार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्यौ | हाम्रै समितिका सदस्य भरत जी तथा क्लबका प्रकाश खत्री जी को भूमिका निकै प्रशंसनीय रह्यो | स्थानिए सम्पूर्ण ब्यवस्थापनमा श्री भगवती युवा क्लबको भूमिका प्रति सोनसिक निकै आभारी छ |
प्रदेश १ को झापा हल्दीबारी वाड नं.- १, २, ३ र ४ का ८ वटा बिद्यालयका ८० जना विधार्थिहरुलाई शैक्षिक सामग्री सहयोग गर्यौ | पहिलो चरणमा मिति २०७९/०३/१९ गते आइतबारे नव सिर्जना प्राथमिक विद्यालय, श्री राष्ट्रिय एकता प्राथमिक विद्यालय र जनता प्राथमिक विद्यालयका १०/१० जना गरि ३० जना विद्यार्थीहरूलाई स्कूल ब्याग , कापी , पेन्सिल, ज्यामिति बक्स लगायतका शैक्षिक सामग्रीहरू वितरण गर्यौ । त्यसै गरि दोस्रो दिन मिति २०७९/०३/२० गते सोमबारे पंचायत मा.बि., रामेश्वर प्रा.बि , शान्ति प्रा.बि., दुर्गा देबि प्रा.बि र श्री दीपेन्द्र आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्यौ | राष्ट्रिय तथा स्थानीय स्तर बाट दिइने छात्रवृत्ति बाट बन्चित गरिब तथा जेहनदार छात्र-छात्राहरूको अनुपात, तथा सबै कुराहरू ध्यानमा राखि सामग्री सहयोग गरेको गर्यौ | यसको संयोजन मनिष जी ले गर्नु भयो | सामाजिक उत्तरदायित्वको हाम्रो (सोनसिक) विनम्र प्रयासले निकै सन्तोष दिन्छ | सात ओटै प्रदेशमा यस्तो कार्य गर्ने योजना भय ता पनि अझै केहिँ प्रदेशमा गर्न सकियन तर हामी सोचेको भन्दा धेरै ठाउँ मा गर्न सक्यौ | यो लेख तयार पर्दा सम्म मुसहर बालबालिका, काभ्रे र मुक्तिनाथ क्षेत्रका बिध्यर्थिहरु लाई शैक्षिक सामग्री वितरणको तयारी गर्दैछौ |
भेटघाट
सोनसिकको सभापतिका नाताले मैले आपसी सहकार्यका लागी भेटघाट गरे जस्तै नेपाली राजदुतावास सिओलका कार्यबाहक राजदुत आदरणीय Ram Singh Thapa तथा Consular Second Secretary Surya Thapa, HANPASS Remittance Nepal का मार्केटिङ मेनेजर Yubin Shrestha, Star Remit का प्रमुख Rudra Sharma, National Institute for International Education (NIIED) का प्रतिनिधिहरू, Haannesa का डा. राजेश चन्द्र जोशी तथा सचिव होंग क्वान जुन, नेपाल कल्चर सेन्टरका मनि गौतम लगायत दर्जनौ सोनसिकका अग्रजहरु संग भेट तथा आपसी हितका कुरा गर्न पाए |
केही प्रकाशनका प्रयत्नहरू

हाम्रा गतिविधि सहितको तीन वटा न्यूजलेटरका अंकहरु प्रकाशन गर्यौ | सोनसिकको इतिहासमै एक नयाँ आयाम थप्ने गरि १२० पृष्ठ लामो दर्जनौ लेख रचनाहरु समेटियको ऐतिहासिक पुस्तक “सोनसिक साहित्य संग्रह” निकाल्यौ | सोनसिक १८ औं कार्यसमितिमा सोनसिकको २००४ देखिको यात्रामा साहित्य विधा नभएकोले यस पटक यसलाई सुरुवात गरिने निर्णय गरियो । जसको मुख्य उद्देश भनेको नंया पुस्ताका लेखकहरूलाई प्रोत्साहन गर्नु र पुराना लेखकहरूलाई समान गर्ने र नेपाल तथा अन्य कुनै बाहिरी मुलुकमा बसोबास गर्ने नेपाली जसले आफ्नो पुस्तक निकाल्ने सपना देखिरहेका हुन्छन् तर आर्थिक अभाव तथा विविध कुराहरूको समस्याहरूले गर्दा पुस्तक निकाल्न पाइरहेका हुँदैनन् । ऊनीहरूका अमूल्य रचनाहरूलाई स्थान दिने मनसायले हामीले यो पुस्तकको परिकल्पना गर्यौ । हाम्रो वेबसाइट (sonsik.org.np) मा गएर पढ्न सक्नु हुन्छ |
२०६६ साल चैत्र ११ गते राम नवमीको दिन मैले पहिलो साहित्य संग्रह प्रकाशन गरेको थिए जुन पछि साझा प्रकाशनले वितरण गरेको थियो | यता समितिमा यस्तै साहित्यिक मित्र भरत तथा सुन्दर जी हुँदा हामीले साहित्य उप-समिति बनाएर लाग्यौ | साहित्य समाजको ऐना हो, समाज रूपान्तरणको लागी साहित्य एक सकारात्मक प्रयत्न पनि हो | सोनसिक स्मारिका-२०२२ को संयोजन दिवाकर जी ले गर्नु भो |
आफ्ना सतिबिधि को मध्यावदी समिक्षा सहित सबै लाई जानकारी गरायौ |
नेपाली राजदूतावास, सिवल मार्फत नेपाल सरकार लाई ध्यानाकर्षण गराएका विषयहरू
प्रेषित पत्रको सार अंस यस्तो छ | निम्न विविध विषयमा दूतावासले नेपाल सरकार तथा समन्धित मन्त्रालयलाई आवश्यक सुझाव प्रदान गरि आफू पनि यी सुझाव लाई सार्थक बनाउन लाग्ने प्रतिबद्धता सहित नेपाल सरकारलाई जानकारी गराईदिनहुन विनम्र अनुरोध गर्दछौ |
- कोरियाका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरू कोरियन भाषा तथा उच्च शिक्षा अध्ययन अनुसन्धानका लागी आउने संख्या निरन्तर बढ्दो क्रममा छ | पूर्ण छात्रवृत्तिमा आउने विद्यार्थीहरूलाई त्यति समस्या नभए पनि विभिन्न कन्सल्टेन्सी मार्फत आउने विद्यार्थीहरूमा निरन्तर समस्या बढी रहेका छन् | NOC दिँदा धेरै ध्यान पुर्याई दिन अनुरोध गर्दछौ | विद्यार्थीहरू कोरियामा विविध गैरकानुनी कृयाकलापमा जानेर वा नजानेर संलग्न भइरहेका घटनाहरू बढी रहेको हुँदा कोरिया आउनु अगाडी उपयुक्त प्रशिक्षण सहितको व्यवस्था मिलाउन अनुरोध गर्दछौ |
- हरेक वर्ष विभिन्न अनुसन्धानमा नेपाली अनुसन्धाताहरू दीक्षित भैरहे पनि उहाहरुलाई नेपालमा पर्याप्त अवसर नहुँदा, कोरियामै बस्ने वा अरू देश जानेको संख्या निकै धेरै छ | त्यसैले उहाँहरुलाई लक्षित गरि सरकारले अनुसन्धानमा विशेषज्ञताका आधारमा नेपालका विश्वविद्यालयहरूमा सजिलो खुला प्रतिस्पर्धा मार्फत जाने सक्ने आधार बनाउन अनुरोध गर्दछौ |
- कोरियाका दर्जनौ विश्वविद्यालयहरूमा हजार बढी मास्टर , PhD तथा Posdoc , Professor हरु छन् | सोनसिक, उहाहरु र दूतावासको सहयोग लिएर नेपालका विश्वविद्यालयले कोरियाका विश्वविद्यालयहरू संग MoU गराउन सक्रिय भएर लग्न अनुरोध गर्दाछौ | सोनसिकले सक्ने जति सम्योजन गर्ने छ |
- कुनै कोरियामा रहेका Professor तथा अनुसन्धाताहरू Research fund लिएर पनि नेपाल जान सक्ने भयको हुँदा, यस्ता जनशक्तिलाई विश्वविद्यालयमा सहज प्रवेशको व्यवस्था मिलाउन अनुरोध गर्दछौ |
- कोरिया बाट अध्ययन गरेकाहरुले अझै पनि certificate/degree equivalence मा धेरै समस्या झेली रहेको हुँदा यसमा निकै गम्भीर भएर लाग्न अनुरोध गर्दछौ |
- सोनसिक १८ औ कार्यसमितिले यी सबै कुराहरूलाई ध्यानमा राखेर काम गरिरहेको छ | हरेक हप्ता सोनसिक साझा मंच संचालन गरि नेपालका विश्वविद्यालयका उपकुलपति, अनुसन्धाता, अनुसन्धान केन्द्र, प्रधापक लगायत अनेकौ संग निरन्तर सम्बाद गरिरहेको छ | नेपाल सरकारले अलि सक्रियता बढाय हामी पनि आफ्नो ठाउँ बाट सक्ने प्रयत्न गर्ने थियौ |
नेपाली राजदुतावासले यस विषयलाई गम्भीर रूपमा लिई विद्यार्थीका समस्या समाधानका निम्ति आवश्यक समन्वय र सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
The letter is sent on Dec 2, 2021 and embassy forwarded it to Nepal Government on Dec. 6, 2021.
१ वर्ष बितेको पत्तै भएन: १९औ वार्षिक साधारण सभा
यो यात्रा र अनुभवका लागी मलाई यो स्थान दिने सबै तपाइहरूलाई नमन | नेतृत्व लिने क्रममा कसैको चित्त नजानेर दुखाएको भय क्षमा चाहन्छु | मेरो नेतृत्वको कार्यसमिति लाई धन्यवाद दिनु पर्ने भय यो समिति लाई दिनु होला | केहीँ कमी कमजोरी भय मलाई दोस दिनु होला | अगष्ट १३-१४, २०२२ मा ग्वान्जु मा १९औ वार्षिक साधारण सभा हुँदै छ | राम्रो नया समिति बनोस् र हामी भन्दा हजार गुना राम्रो कार्य गरि रचात्नामक आधार खडा गरोस् | हाम्रा विनम्र प्रयत्नको सारंस तल समावेश छ |
मेरो अनुभूति: सामाजिक कार्यले मलाई खुशी दिन्छ | एक सामाजिक कार्यकर्ताले तन, मन र धन सहित सामाजिक गतिविधिमा संलग्न हुनुपर्छ | यसले सामाजिक कार्यमा इमानदारी, शुद्धता र भक्ति दिन्छ | सबै कुराहरू सजिलो हुनु अघि गाह्रो हुन्छन् | तसर्थ, पहिलो कदम गाह्रो भए पनि एक कार्यकर्ताले धेरै टाढा हेर्न र जोखिम लीन सक्नु पर्छ |
म पदमा रह्य सम्म मात्रै संस्थाले गति लिन्छ नत्र खतम हुन्छ भन्ने सोच म मा कहिल्यै भएन त्यसैले मलाई बिर्सिय केही फरक पर्दैन तर संस्थाको जीवन्तता र निरन्तर रचनात्मक गतिविधिमा हामी सबैले सहयोग गरौं | सकिन्छ सहयोग गरौं, सकिँदैन भने भाँजो नहालौं | यो पवित्र कार्यको नेतृत्व सुम्पिने र निरन्तर सहयोग गर्ने सबै ज्ञात अज्ञात हातहरूमा नमन: | सोनसिक सँग निरन्तर जोडिन तल छ | तपाइहरू सबैको जीवन सुखमा बितोस्, शुभकामना !
Website: http://sonsik.org.np/
Youtube: https://www.youtube.com/channel/UCJcMJLVjBoywI-htOABArQg
Facebook: https://www.facebook.com/npsonsik
Linkedin: https://www.linkedin.com/in/society-of-nepalese-students-in-korea-sonsik-1782361b9/
Email: [email protected]
Dirgha Raj Joshi
सोनसिक १८औ कार्यसमिति सेवक (President)
Email: [email protected]
Facebook: https://www.facebook.com/djmeropaila121 Linkedin:


