औषधि भनेपछि झट्ट हामीलाई ट्याब्लेट, क्याप्सुल, झोल या इन्जेक्सन आदिको याद आउँछ । औषधिको मूल प्रयोजन कुनै पनि स्वास्थ्य समस्याको निराकरण गर्नु हो । अझ सहज तरिकाले भन्दा कुनै रोग निको पार्नु औषधिको काम हो ।
विश्वमा दिनानुदिन मानसिक समस्याहरू बढ्दै गइरहेका छन् । डिप्रेसन विरुद्धको औषधि आविष्कार गर्ने वैज्ञानिक आफैं डिप्रेसनमा गुज्रिरहेका छन्, अनिन्द्रा बेचैनी तथा मनको अशान्तिका विरुद्ध आविष्कारमा होमिएका व्यक्तिहरू आफैँ बेलुका निन्द्रा लगाउने औषधि नखाई निदाउन नसक्ने भएका छन्। कैयन् यस्ता समस्याहरू छन् जुन आजका मितिसम्म आविष्कार भएका औषधिले त्यसलाई निको पार्दैन ।
सबैभन्दा सजिलो उपाय निन्द्रा लगाउने औषधि खुवाउनु भएको छ । मानसिक समस्या व्यवस्थापन गर्न खुवाइएका कतिपय औषधिले झनै समस्या पैदा गइरहेका पनि छन् ।




