स्वास्थ्य राम्रो राख्नका लागि दैनिक जीवनमा केही आधारभूत अभ्यासहरूको पालना गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सही खानपान, नियमित व्यायाम, सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण, सरसफाइ, सकारात्मक चिन्तन र अन्य स्वस्थ्य जीवनशैलीका उपायले स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ। यी अभ्यासहरूले स्वास्थ्यलाई स्वस्थ राखेर औषधिको प्रयोगलाई टाढा राख्न सकिन्छ। सामान्य ज्वरो, दुखाई, रुघाखोकी, मौसमी समस्याहरूमा औषधिको आवश्यक नपर्न सक्छ, केही समयपछि आफै निको भएर जान्छ। यस्तो अवस्थामा नआत्तिकन आफ्नो व्यवस्थित जीवनशैलीमा निरन्तरता दिने, घरेलु उपचार पद्धतिहरू अपनाउने गरौँ। पर्याप्त पौष्टिक आहार, पर्याप्त पानी, निरन्तर शारीरिक व्यायाम, योग-प्राणायाम र हाम्रा भान्साका औषधिहरू अदुवा, बेसार, ज्वानो, कालो मरिच, सुकमेल, दालचिनी आदिको काढा बनाएर सेवन गर्ने गरौँ। यदि तीन दिनदेखि एक हप्तासम्ममा सन्चो भएन भने नजिकैको स्वास्थ्य संस्थामा जाने गरौ।
स्वस्थ जीवनका लागि आधारभूत अभ्यासहरू




