नेपाल अहिले अत्यन्तै संवेदनशील घडीमा छ। जेन्जी आन्दोलनले देशभर उथलपुथल ल्याएको छ । सरकारी संरचनाहरू जलाइएका छन्, व्यक्तिका घरमा आगजनी गरिएको छ । अस्पतालहरूमा भिडभाड बढेको छ । कैदीहरू जेलबाट भागेका छन् । बजार प्रणाली अस्तव्यस्त भएको छ, औषधि अभाव र कालोबजारीको जोखिम बढेको छ । यस्तो बेला व्यक्ति स्वयं जनस्वास्थ्यप्रति सचेत रहनु अत्यन्तै आवश्यक छ।
विपद्का बेला सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा हो-आफ्नो र आफ्ना परिवारको स्वास्थ्य सुरक्षा । औषधिको अभाव, अस्पतालको सीमित सेवा, प्रदूषित वातावरण, दूषित पानी, मानसिक तनाव जस्ता समस्या अहिलेका स्वास्थ्य चुनौती हुन् ।
चुनौतीबीच आम नागरिकले स्वास्थ्य जटिलता निमम्तिनबाट बच्न केही सजगता अपनाउन जरुरी छ ।
१. सामान्य रोगहरूको उपचार घरमै गर्ने प्रयास गरौं
यस्तो अवस्थामा बजारमा औषधिको अभाव हुनसक्छ। अस्पतालमा उपचारका लागि लामो पर्खाइमा रहनुपर्ने अवस्था आउन सक्छ । यस्तोमा सामान्य रुघाखोकी, जरो जस्ता लक्षणहरू देखिएमा अनावश्यक अस्पताल धाउने होइन, । घरमै सहज उपचारको उपाय अपनाऔँ।




