स्वस्थ रहन चाहनेले जानिराखौं औषधिबारे यत्ति कुरा

विश्वमा औषधि खान नपाएर भन्दा पनि पाएको औषधि सही तरिकाले खान नजानेर/नखाएर स्वास्थ्यमा आउने जटिलताहरू धेरै छन्। नेपालमा झण्डै ६० प्रतिशत नागरिकलाई औषधिको बारेमा सही जानकारी छैन भनिन्छ। आधा जति औषधिहरू सही तरिकाले लेखिँदैन, सही तरिकाले वितरित हुँदैनन्,  त्यसैमा पनि आधा औषधिहरू सही तरिकाले प्रयोग हुँदैन। यस्तो स्थितिमा तपाईं हाम्रो शरीरमा रासायनिक तत्त्व औषधिले कस्तो प्रभाव पारेको होला? सोचौँ त तपाईँ हाम्रो शरीरका बारेमा हामीले नसोचे कसले सोचिदिन्छ?

जब बिरामीले आफ्नो उपचारबारे डाक्टरसँग सोध्न सक्दैन, आफूले प्रयोग गर्ने औषधि बारेमा जानकारी राख्दैन, औषधिका राम्रा नराम्रा पाटाहरूबारे प्रश्न गर्दैन, बजारमा अरु पनि विकल्प भएको बेला सस्तो र सर्वसुलभ औषधि लेख्न भन्दैन, जथाभावी भिटामिन तथा खाद्यपुरक लेखेको थाहा पाउँदैन, तबसम्म हामी यस्तै पीडित हुन्छौँ। सामान्य पेट, टाउको तथा मांसपेशीको दुखाई, ज्वरो, रुघाखोकी, लगायत कैयन समस्यामा औषधि आवश्यक नहुन सक्छ, तर पनि हामी निरन्तर आफू खुसी औषधि खाइरहेका छौं, किन? 

Leave a Comment

Your email address will not be published. Required fields are marked *