⁠घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

Cover Image

रोग निको पार्नका लागि हामी जुन औषधि खान्छौँ, त्यो गुणस्तरयुक्त हुनु जरुरी छ । कतिपय अवस्थामा औषधि गुणस्तरीय भए पनि त्यसको ढुवानी, भण्डारण जस्ता प्रक्रियामा हुने कमजोरीले गुणस्तर खस्किन पुग्छ ।

हामीले प्रयोग गर्ने औषधिहरूका गुण फरक-फरक हुन्छन् । कोठाको तापक्रममा राख्नुपर्ने, कम तापक्रममा राख्नुपर्ने, माइनस तापक्रममा राख्नुपर्ने राखका औषधि हुन्छन् । सूर्यको किरणको सम्पर्कमा आए बिग्रने, हावाको सम्पर्कमा वा धेरै आद्रता भएमा बिग्रने औषधिहरू पनि हुन्छन् । यस्ता विषयमा ख्याल गर्नुपर्छ ।

नेपालको भौगोलिक बनोट विशिष्ट र विविध छ । भू-गोलको विविधताका कारण हरेक ठाउँको तापक्रम र आद्रता भिन्न छ । बाटोघाटोको अवस्था, उपलब्ध साधन स्रोत, औषधि ढुवानी गर्ने जनशक्तिमा औषधीय ज्ञानको कमी जस्ता कुराले औषधिको गुणस्त ह्रास हुने समस्या देखिन्छ ।